काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फागुन १ लाई ‘जनयुद्ध दिवस’ दिवसका रुपमा मनाउने व्यवस्था गरेपछि त्यसविरुद्ध द्वन्द्वपीडितहरू सर्वोच्च अदालत पुगेका छन् ।
उनीहरू सो दिवस खारेजको माग गर्दै रिट लिएर सर्वोच्च पुगेका हुन् । प्रचण्ड नेतृत्वको सरकारले गत फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाएको थियो भने वार्षिक क्यालेन्डरमा पनि समावेश गरेको थियो ।
माओवादी सशस्त्र द्वन्द्व सुरु भएको दिनलाई दिवसका रुपमा मनाएपछि त्यसको आलोचना भइरहेको छ । सर्वोच्चले रिट अध्ययन भइरहेको तर दर्ता भने भइनसकेको जनाएको छ ।