काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका ३ वटा सडक खण्डलाई आजदेखि एकतर्फी गरिएको छ । महानगरभित्रको ट्राफिक व्यवस्थापन चुस्त बनाउन महानगर क्षेत्रका ३ वटा सडक खण्डलाई सवारी सञ्चालनको लागि बुधबारदेखि ‘वान वे’ गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठका अनुसार काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिंगाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकलाई एकतर्फी गरिएको छ । त्यो सडकमा अब त्रिपुरेश्वरबाट प्रवेश गर्न पाइने छैन ।
त्यसैगरी जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी तर्फ जाने सडकलाई पनि एकतर्फी गरिएको छ ।
त्यस्तै पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन । प्लाजा देखी महेन्द्र शालिकसम्मको सडकलाई पनि आजबाट एकतर्फी गरिएको महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google