संखुवासभा । संखुवासभामा ड्युटी सकेर फर्किने क्रममा लडेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । असोज २९ गते खाँदबारी नगरपालिका–१ बसपार्कमा ड्युटी सकेर कार्यालयमा सञ्चार सेट बुझाएर फर्किने क्रममा लडेर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।
उनी कार्यालय भवनको पहिलो तलाको भर्याङबाट अचानक लडेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार उनलाई उपचारका लागि नोबेल मेडिकल कलेज टिचिङ विराटनगरमा लगिएको थियो ।
कात्तिक १७ गते थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लैजाने क्रममा बाटोमै मृत्यु भएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google