
ललितपुर । बन्धुत्व र भातृत्वका लागि सम्पूर्ण दुलालको एकताको मुल उद्देश्यको साथ स्थापित दुलाल बन्धु सेवा समाज जिल्ला कार्य समिति ललितपुरको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न अधिवेशन बाट जिल्ला अध्यक्षमा दिपेन्द्र दुलाल , उपाध्यक्षम राजेन्द्र दुलाल , महिला उपाध्यक्षमा सरस्वती दुलाल , सचिव किरण दुलाल , सहसचिवमा भिम प्रसाद दुलाल , कोषाध्यक्ष माधब दुलाल र सदस्यहरुमा अर्चना दुलाल , प्रदिप दुलाल , नवराज दुलाल , डिल्ली प्रसाद दुलाल , भरत दुलाल , राजन दुलाल , सन्तोष दुलाल , बिनोद कुमार दुलाल , श्याम सुुन्दर दुलाल सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक रामहरि दुलालले जानकारी दिएका छन् ।
अधिवेशनमा केन्द्रीय उपाध्यक्ष रुद्र प्रसाद दुलाल , वागमती प्रदेश अध्यक्ष जयराम दुलाल , वागमती प्रदेश उपाध्यक्ष निल प्रसाद दुलाल , वागमती प्रदेश महासचिब गोविन्द दुलाल वंशावली निर्माण अनुसन्धानकर्ता गोपाल प्रसाद दुलाल लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । नवनिर्वाचित दिपेन्द्र दुलालले ललितपुरका विभिन्न भूगोलमा छरिएर रहेका दुलालहरुको कुल पुजा एउटै मन्दिरबाट गराउने र जिल्लाका सबै बन्धुलाई संगठित गराउँदै जाने बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google