
काठमाडौँ । काठमाडौँको ठमेलस्थित छायादेवी कम्प्लेक्सको जग्गा विवाद पूर्ण इजलासमा पुगेको छ । गुठीको जग्गा हडप्दै ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदासमेत मासेर व्यापारिक भवन बनाएको विषयमा २ न्यायाधीशको संयुक्त इजलासले निर्णय दिन नसकेपछि पूर्ण इजलासमा पुगेको हो ।
न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार पूर्ण इजलासमा पेस गर्ने आदेश दिएको हो । पोखरी समेत रहेको उक्त जग्गा गुठीको भएको दाबी गरी २०७१ सालमा सार्वजनिक सरोकारको रिट दायर भएको थियो । यसअघि २०८० माघमा प्रकाशमानसिंह राउत र कुमार चुडालको इजलासले निरन्तर सुनुवाइ गरे पनि निर्णयको चरणमा अन्य आदेश गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google