काठमाडाैं । चन्द्रगिरि नगरपालिका–१२ गुर्जुधारामा ना५ख ५७७७ नम्बरको ट्रकलाई प्र ३–०२–००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बिहीवार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मकवानपुरको थाहा नगरपालिका–५ घर भएकी २० वर्षीया सुमित्रा मोक्तानको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको शहीद मेमोरीयल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google