
काभ्रे । खानीखोला गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा काभ्रेपलाञ्चोककै उत्कृष्ट भएकाे छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (Local Government Institutional Self-Assessment – LISA) को अन्तिम नतिजामा खानीखोला गाउँपालिका फेरि पनि उत्कृष्ट भएको हाे ।
यसअघि प्रारम्भिक नतिजामा समेत उत्कृष्ट अंक प्राप्त गरेको खानीखोला गाउँपालिकाले मन्त्रालयको गुणस्तरीय परीक्षणपछि पनि उत्कृष्ट नम्बर कायम राख्दै काभ्रेपलाञ्चोक जिल्लाभित्रका गाउँपालिकामध्ये पहिलो स्थान सुरक्षित गरेको हो ।
खानीखोलाले विगतका वर्षदेखि नै योजना निर्माणमा सहभागिता, विकास आयोजना कार्यान्वयनमा पारदर्शिता, संस्थागत क्षमता, सेवा वितरण, जनउत्तरदायित्व र समावेशितालाई प्राथमिकतामा राख्दै आएको छ । यसकै कारण गाउँपालिकाले पुनः उत्कृष्ट नतिजा ल्याउन सफल भएको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले बताएका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रणालीले स्थानीय तहको कार्यसम्पादन स्तर, सुशासन, पारदर्शिता र उत्तरदायित्वको मापन गर्ने उद्देश्य राखेको छ । यसले कमजोरी पहिचान गरी सुधार गर्न र स्थानीय तहलाई अझ दिगो तथा जनमैत्री बनाउन मद्दत पुर्याउने विश्वास मन्त्रालयले व्यक्त गरेको छ ।
खानीखोला गाउँपालिकाको लगातारको उत्कृष्ट प्रदर्शनले अन्य स्थानीय तहलाई पनि प्रेरणा दिएको छ। यसले प्रतिस्पर्धात्मक भावनासहित स्थानीय तहमा सेवा सुधार र सुशासन प्रवर्द्धन गर्ने विश्वास सरोकारवालाले व्यक्त गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र सम्पूर्ण सरोकारवालाको संयुक्त प्रयासकै कारण यो उपलब्धि सम्भव भएको भन्दै गाउँपालिकाले सम्पूर्ण खानीखोला परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)












































































.jpeg)



















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google