काठमाडाैं । ९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।
बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले ९ किलो सुन तस्करी प्रकरणमा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । राहुलसँगै बेल्जियन नागरिक ३९ वर्षीय दावा छिरिङ, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका- ४, सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल र काठमाडौं महानगरपालिका-६, बौद्धका ५७ वर्षीय निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता बासुदेव शर्माले जानकारी दिए । मुद्दा दायर गरिएका निममा भने अझै फरार छन् ।
चारै जनाविरुद्ध भन्सार चोरी पैठारी र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता शर्माले बताए । १० पुसमा फ्लाइ दुबईबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हाङसनले ल्याएको ७३० वटा भेपभित्र ९ किलो सुन बरामद भएको थियो ।
यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वसभामुख कृष्णबहादुर महराको बयान पनि लिएको थियो । तर, सीआईबीले पूर्वसभामुख महरालाई भने प्रतिवादी नबनाई सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google