ओछ्यानमा नोट बिच्छ्याएर टिकटक बनाउनेलाई सचेत गराइयो

दर्पण दैनिक २४ चैत्र २०७९,०८:४०
post

काठमाडाैं । ओछ्यानमा पैसाको नोटमाथि सुतेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई सचेत गराएर छाडिएको छ । 

नेपाल राष्ट्र बैंकले यस विषयमा चासो व्यक्त गरेको समाचार प्रकाशनपश्चात सो सम्बन्धमा खोजी अभियानमा लागेको जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने व्यक्ति महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने सुलभ आचार्य रहेको जानकारी दिएको छ ।

उनले केहीअघि एक हजार र पाँच सय दरका नोटहरू ओछ्यानमा राखी भिडियो बनाएर सार्वजनिक गरेका थिए । 

उनीसँग सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेज फि बुझाउन बैंकबाट निकालिदएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको परिसरले जनाएको छ । 

उनको बयानका आधारमा अनुसन्धान गर्दा उक्त रकम एभरेष्ट बैंकबाट निकालेको देखिएकोले अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने सर्तमा निजलाई निगरानीमा रहने गरी सचेत गराई छाडिएको परिसरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए । - रासस | 
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: