बडुवाल हत्याकाण्डका मुख्य अभियुक्त रावलले गरे आत्मसमर्पण

दर्पण दैनिक २५ बैशाख २०८०,०९:१५
post

कैलाली । कैलालीको टीकापुरमा भएको भुपेन्द्र बडुवाल हत्या काण्डका मुख्य अभियुक्त भनिएका नवीन रावलले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका छन् ।

लम्कीचुहा नगरपालिका–३ चिसापानीका २९ वर्षीय रावलले आइतबार अदालतसमक्ष आत्मसमर्पण गरेकाे इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । 

२३ कात्तिक २०७८ मा लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय बडुवालको धारिलो हतियार प्रयोग गरी टीकापुरमा हत्या भएकाे थियाे ।

घटनामा संलग्नता रहेको भन्दै जिल्ला अदालतमा प्रहरीले २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । डीएसपी भाटका अनुसार हालसम्म घटनामा रावलसहित १६ जना कानुनी कारबाहीको दायरामा आएका छन् भने पाँच जना अझै फरार छन् । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: