‘जनयुद्ध दिवस’का नाममा बिदा दिइएको भन्दै द्वन्द्व पीडित समुदायद्वारा विरोध

दर्पण दैनिक १ फाल्गुन २०७९,१२:२३
post

काठमाडौं । नेपाल सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ दिवसका अवसरमा सार्वजनिक बिदा दिएको भन्दै विरोध भएको छ । द्वन्द्व पीडित समुदाय र नागरिक समाजले विरोध गरेका छन् । दुवै समूहले आजको दिनलाई कालो दिवस भन्दै जिल्ला अदालत काठमाडौं परिसर अगाडि विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले सार्वजनिक बिदा खारेज गर्नुका साथै द्वन्द्वपीडितलाई न्याय दिन माग गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय पछि यसको चौतर्फी विरोध हुँदै आएको छ ।

सत्तारुढ दलभित्रै यो निर्णयको विरोध भएको छ । राप्रपाले त आइतबार नै कुनै एक दलको नेतृत्वमा भएको हिंसालाई उत्सवका रुपमा मनाउनु दुर्भाग्य भएको बताएको छ । यता नेकपा एमालेका सांसदहरुले पनि सार्वजनिक बिदा दिने निर्णय शासकीय अख्तियारको दुरुपयोगका रुपमा टिप्पणी गरेका छन् । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: