तनहुँ । जिल्ला प्रहरी कार्यालयले अनलाइनमार्फत् ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहेकी छन् ।
निजले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइल लगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर ५ लाख रूपैयाँ ठगी गरेकी थिइन् ।
पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले बताए ।