
काठमाडाैँ । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका- ८ कलकत्ताको ज्ञान साधन बोर्डिङ स्कुलको बसले बेलडाँडी गाँउपालिका- ३ खैरिघाटका २ वर्षीय नाबालक सुशान्त कुँवरलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको हो । सुपप्र ०१-००१ ख ३६१० नम्बरको बस इलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा छ, बस चालक भने फरार छन् । खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google