ललितपुर । 'संरक्षण प्रकृतिको,सुरक्षा सन्ततिको' भन्ने नाराका साथ राष्ट्रिय युवा संघ नेपालले सञ्चालन गरिरहेको एक महिने वृक्षारोपण कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा संघ गोदावरी नगर कमिटिले नगरपालिकाको वडा नं ४ र १० को सिमानामा पर्ने चिहानडाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार बिहान आयोजित वृक्षारोपण कार्यक्रममा नेकपा एमाले बाग्मती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद मधुसूदन पौडेल, पूर्व सांसदहरु नवराज सिलवाल,चेतनाथ सञ्जेल, एमाले जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य ,उपसचिव तारा सञ्जेल,राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य चीन लामा लगायतको सहभागी रहेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google