सर्‍यो सुदूरपश्चिम प्रदेशसभा बैठक

दर्पण दैनिक २६ माघ २०७९,१३:०२
post

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चार घण्टा पछि सरेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन बोलाएको बैठक साँझ ४ बजेसम्मको लागि सरेको हो । रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बैठक सरेको हो । पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले आजसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

सुदूरपश्चिम सरकारलाई निरन्तरता दिन निर्णयक भुमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएको छ । ७ जना सांसद रहेको उन्मुक्तिले आफ्नो पर्टीको माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने निर्णय गरेको पार्टी अध्यक्ष रंजिता श्रेष्ठले बताइन् ।

उनीहरुले केन्द्रमा आएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग लामो समयदेखी विश्वासको मतको लागि सहमती जुटाउने प्रयासमा वार्ता र छलफल गरिरहेका थिए । बुधबारपनि अध्यक्ष ओलीसँग छलफल गरेका उनीहरूले आज बिहान पनि छलफल गरेका थिए । छलफलबाट कुनै सकारात्मक सहमति हुन नसकेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान उन्मुक्ति पार्टीको छ ।

नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरीलगायत टीकापुर घटनामा जोडिएकाहरूलाई रिहाइ गर्नुपर्नेलगायत माग राख्दै आएका छन् । मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो। प्रतिपक्षमा भने नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्।

*यसअघि साँझ ४ बजे हुनुपर्नेमा ५ बजे भएकाेमा क्षमा चाहन्छाैं । - सम्पादक

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: