
काभ्रे । तेमाल गाउँपालिकाले किसानहरुलाई कृषि सामाग्री वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच किसानहरुलाई मिनि टिलर (हाते ट्याक्टर) ४७ वटा, इलेक्ट्रीक स्प्रे पम्प ८५ वटा, प्लास्टिक टनेल ९५ वटा वितरण गरिएकाे हाे ।
उक्त सामाग्री उँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले संयुक्त रुपमा वितरण गरे । साे अवसरमा गाउँपालिका अध्यक्ष तामाङले कृषिमा यन्त्रीकरण गर्ने गाउँपालिकाको योजना अनुसार कृषि सामाग्री वितरण गरेको बताए ।
त्यसैगरि गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले तेमाललाई उत्पादनमा आत्मनिर्भर बनाउनमा विश्वास व्यक्त गरे । आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने बताउँदै पर्याप्त मात्रमा किसानहरुलाई कृषि सामाग्री वितरण गर्ने बताए ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले स्वागत मन्तव्य राख्दै कृषि यन्त्रमा तेमाल गाउँपालिकाको पछाडि भइरहेको अवस्थामा गाउँपालिकाले अब यान्त्रीकरणको लागि शुरुवात गरेको बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google