‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’को सातौँ संस्करण काठमाडौँमा हुने, १० हजार महिला सहभागी गराउने लक्ष्य

दर्पण दैनिक ३ भाद्र २०८१,०९:२०
post

काठमाडौँ । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउने उद्देश्यले ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’को सातौँ संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा फेस्टिभलको आयोजना गर्नेछन् ।

विहीबार काउन्सिलमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइरेक्टर सहिदा म्याकडुगलले फेस्टिभलको संकेत चिन्ह सार्वजनिक गरिन् । सन् २०११ मा लण्डनको साउथ वैंकमा पहिलो सम्मेलन गरिएको थियो ।

फेस्टिभल आउँदो मंसिर ८ र ९ गते (नोभेम्बर २३ र २४ तारिख) आयोजना हुनेछ । २ दिने फेस्टिभलमा ३ वटाभन्दा धेरै प्रकृतिका प्रदर्शनी हुनेछन् । २५ वटाभन्दा धेरै स्टल हुनेछन् । ४० भन्दा धेरै संवाद र मन्तव्य हुनेछन् । १० वटाभन्दा धेरै चलचित्र प्रदर्शन गरिनेछ । ५ वटाभन्दा धेरै कार्यशाला गरिनेछ । १० वटाभन्दा धेरै सांगीतिक प्रस्तुति हुनेछन् । कम्तीमा ५ सय विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको कार्यक्रममा १ सयजनाभन्दा धेरै कलाकारसहित १० हजारभन्दा धेरै व्यक्तिको सहभागिता हुने अपेक्षा गरिएको छ ।  

त्यस क्रममा बोल्दै उपप्रमुख डंगोलले, नेपाली महिलाहरुको सहनशीलतासँग सम्बन्धित नभनिएका, नसोधिएका र नसमेटिएका कथाहरु प्रदर्शनलाई जोड दिइने बताइन् । गएको जेठ महिनामा वेलायतमा आयोजना भएको सम्मेलनमा भाग लिएको अनुभव सुनाउँदै उनले भनिन्, ‘महिलाको अर्थपूर्ण सहभागिताका लागि नेतृत्वमा रहेका महिलाहरुबाट प्रेरणा प्राप्त भएको छ । यसका आयाम धेरै छन् । तीमध्ये राजनीतिक सक्रियताले पनि सशक्तिकरण प्रदान गर्छ ।’

कार्यक्रममा बोल्दै नेपालका लागि वेलायतका राजदूत रोब फेनले फेस्टिभलबाट महिलाहरुलाई नेतृत्वदायी स्थानसम्मको यात्रा तय गर्ने हौसला प्राप्त हुने अपेक्षा 
रहेकाे बताए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post