काभ्रेको भकुन्डेबेसीबाट तेमाल हुँदै मध्यपहाडी लोकमार्ग छुने सडक खण्ड सञ्चालनमा

दर्पण दैनिक १९ आश्विन २०८१,२०:४६
post

काभ्रे । अविरल वर्षाका कारणले अवरुद्ध भएको काभ्रेको भकुन्डेबेसीबाट तेमाल हुँदै मध्यपहाडी लोकमार्ग छुने सडक खण्ड सञ्चालनमा आएको छ । तेमाल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष पालिकाका  कार्मचारीको सक्रियतामा सञ्चालनमा आएको सो सडकले खैरेनीहुँदै बीपी राजमार्ग जोड्छ, भने यो छोटो दुरीको वैकल्पिक सडक हो । 

भकुन्डेबेसीबाट तेमाल खैरेनीबाट सित्खासम्म करिब ३५ किलोमिटर र सित्खाबाट खुर्कोट २० किलोमिटर दुरी रहेको छ । 

यो सडक शनिबारबाट नै नै मोटरसाइकल र साना सवारीका लागि सडक खुलिसकेको र आइतबारबाट यात्रुसवाहक बस सञ्चालनमा आउने तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङको सचिवालयले जनाएको छ । 

बाढी पहिरोको कारण तेमाल गाउँपालिकाका वडा जोड्ने सबै सडकमा क्षति पुगेको छ, भने तेमालबाट काठमाडौँ जोड्ने सडकमा डाँडागाउँ र बोहोरेदोभान बाट पर्सेल जोड्ने सडक पनि अवरुद्ध भएको थियो । यो सडक अँइतबारदेखि नै सञ्चालनमा ल्याउने गरि काम गरिएको अध्यक्षको सचिवालयले जानकारी दिएको छ । 

तेमालमा बाढी र पहिरोको कारण १२ जनाको शव भेटिएको छ, भने २ जना अझैँ वेपत्ता छन । वेपत्ताको खोजी कार्य तथा पीडित परिवारलाई राहतको लागि पालिका अध्यक्ष तथा वडाध्यक्षहरु रातदिन नभनि खटिएका छन् । विपत्तिमा जनप्रतिनिधिको कर्तब्य निभाउन हरदिन हर रात सक्दो लागिपरिरको पालिका अध्यक्ष तामाङले  बताए ।
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३