कोन्ज्योसोम गाउँपालिकाकाे बजेट गाउँसभाबाट सर्वसम्मत पारित

दर्पण दैनिक २६ असार २०८०,०९:१६
post

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाकाे बजेट पारित भएकाे छ । गाउँसभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि एकाउन्न करोड सत्र लाख एकतीस हजारको बजेट 
सर्वसम्मत पारित भएको हाे । गाउँ सभाको १२औं अधिवेशन मिति २०८०/०३/१० गतेका दिन सभामा पेश भएको बार्षिक नीति तथा कार्यक्रम, वार्षिक बजेट, आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० माथि गाउँ सभामा दफावार छलफल भएकाे थियाे । 

१२औं अधिवेशनले गत विगत देखिका पालिका स्तरीय गौरबका आयोजनाहरुलाई निरन्तरता दिदै प्राथमिकतामा राखी आगामी आवमा सम्पन्न गर्ने नीति लिएको छ । गाउँ सभाले विभिन्न कोषहरुको स्थापना गरी कार्यान्वयनमा लैजाने नीति समेत लिएको प्रवक्ता तिर्थ बहादुर घलानले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: