बागमतीको मुख्यमन्त्रीमा कांग्रेसले बहादुरसिंह लामालाई अघि सार्ने

दर्पण दैनिक ६ श्रावण २०८१,१३:०८
post

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ । आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । उनले पक्षमा बहुमत नपुग्ने निश्चित छ ।जम्मकट्टेलले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसका लामाले एमाले समेतको समर्थनमा आज नै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन् ।


गत निर्वाचनमा नुवाकोट– २ (प्रदेशसभा –ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका बहादुर सिंह लामा यसअघि प्रदेशको आर्थिक मामिता तथा योजना मन्त्री बनेका थिए ।

२०४३ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिमा लागेर लामा नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय छन् । उनी हाल कांग्रेसको वर्तमान केन्द्रीय सदस्य रहेका छन् । उनले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका नेता तथा निर्माण व्यवसायी लामा विभिन्न संघ संस्थामा आबद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय छन् । लामा २०५४ सालमा गाविस अध्यक्ष बनेर  जनप्रतिनिधिको भूमिकामा रहेर काम गरेका थिए ।

नुवाकाटलाई विकासको गतिमा डोर्याउन उनको महत्त्वपूर्ण भूमिका हरेको छ । त्रिशूली खोलामा निर्माण भएका महादेवस्थान–दर्शनटार पुल, सिर्खाली पुल, ढोडबेसी–बुधसिं पुल, तुप्चे–भैंसे पुल, बुङताङ –ब्रामनचेत पुल, पहरेखोप–बगुवा पुल, मनकामना–फिकुरी –काहुले –भाल्चे – साल्मे सडक कालोपत्रे, खड्गभञ्ज्याङ– छत्रेखोला– नेवारपानी– तारुका सडक, हात्तिगौंडा राईसिं– हर्कपूर –देउराली– मेघाङ– किम्ताङ सडक, कोलनी– आँगुटार–तुप्चे–सोले सडक कालोपत्रे, सोले–जामूने–किर्नेवगर– बुङताङ–देउराली सडक, दर्शनटार–उपल्लो डिही–कौसेनी– तारुका जोरचौतारो र सुनाखेती–पिडालुवारी–पारिजात स्कूल जाने रणनीतिक सडकले साविक ३ नं. क्षेत्रलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पुर्याउने काम लामाको पहलमा भएका महत्त्वपूर्ण काम मानिन्छन् ।

  
 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३