काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा झलनाथ खनालले कञ्चनपुरमा भारतीयले नेपालको झण्डै एक हजार बिघा जमिन कब्जा गरेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
कञ्चनपुरको दक्षिणी सीमानास्थित सीमास्तम्भ २७ र २८ का बीचमा रहेको करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका हुन ।
आज एक विज्ञप्ती जारी गर्दै उनले देशको भूभाग र सीमाना खुलेआम अतिक्रमण हुँदा सरकारले नदेखेझैं गरेको आरोप लगाएका हुन । उनले सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टोली पठाउन पनि माग गरेका छन । आवश्यकताअनुसार भारत सरकारसँग समेत वार्ता गर्न पनि उनको सुझाव छ ।सीमास्तम्भहरूलाई अद्यावधिक गर्नुका साथै सीमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गर्नुपर्ने माग समेत पूर्व प्रधानमन्त्री खनालको छ ।
यस्ताे छ विज्ञप्ति
समस्त देशभक्त दिदीबहिनी तथा दाजुभाईहरू!
हाम्रो मातृभूमि नेपाल आफ्नो उदयदेखि नै स्वतन्त्र रहेको मुलुक हो । हामी कुनै स्वतन्त्रता दिवस मनाउदैनौँ किनभने हामी कहिल्यै कसैको अधिनस्थ भएनौँ । यो सारा विश्वले थाहा पाएको एउटा सत्य हो । त्यत्तिकै अर्को सत्य के पनि रहिआएको छ भने हाम्रो मुलुकको मूलतः दक्षिणी सीमाबाट एकपछि अर्को सीमा अतिक्रमणहरू निरन्तर हुँदै आएका छन । लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमण त छदै छ, सुस्ता र अन्य कतिपय ठाउँमा पनि समस्या छँदैछन् । अहिले आएर भारतीय पक्षबाट भएको अर्को गम्भीर अतिक्रमणको घटना खुलासा भएको छ ।
नेपालको सुदूरपश्चिमको जिल्ला कञ्चनपुरको दक्षिणी सिमानामा रहेको सीमा स्तम्भ २७ र २८ का बीचमा रहेको करिब एक हजार बिघा (करिब ६६७ हेक्टर) जमिन भारतीयहरूले कब्जा गरेर खेतीपाती समेत गरिरहेको कुरा जानकारीमा आएको छ । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र हो । त्यो निकुञ्जको जंगल भएको क्षेत्र हो । त्यहाँ पुग्न आवागमनको पनि समस्या छ र निकुञ्जको सुरक्षाका कारणले नेपाल तिरबाट जो कोही त्यहाँ पुग्न पनि सक्दैन । तर दक्षिणतिरबाट लगातार अतिक्रमणमा भइरहेको कुरा अहिले जानकारीमा आएको छ ।
यो अत्यन्त गम्भीर घटना हो । यसरी देशको भूभाग र सिमाना खुलेआम अतिक्रमण हुँदा पनि यो देशको सरकार देख्न सक्दैन, थाहा पाउन सक्दैन र मुलुकको सीमा रक्षा गर्न कुनै कदम चाल्न सक्दैन । यो दुई तिहाई भनिने भारी भरकम सरकारको अकर्मण्यता, असक्षमता र लापरवाहीको चरम अभिव्यक्ति हो । म यो सरकारलाई त्यो अतिक्रमण भएको ठाउँमा तुरुन्त एउटा शक्ति सम्पन्न निरीक्षण टिम पठाइयोस, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीशक्ति, त्यहाँका जनप्रतिनिधिहरू र पार्टीका प्रतिनिधिहरु समेत पठाइयोस, स्थितिको तुरुन्त जाँचबुझ गरियोस, आवश्यकता अनुसार भारत सरकारसँग समेत वार्ता गरियोस र सम्पूर्ण नेपाली जनताको मुटुको टुक्रा भन्दा प्रिय त्यो भूमिको सुरक्षा गरियोस र त्यसलाई नेपालको अभिन्न भूभागका रूपमा स्थापित गरियोस, हाम्रा सीमा स्तम्भहरुलाई अद्यावधिक गर्नुका साथै सीमानामा नियमित पेट्रोलिङको समेत व्यवस्था गरियोस भनेर म सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट जोडदार माग गर्दछु । अन्यथा नेपाली जनताको देशभक्तिपूर्ण भावनाको विस्फोटलाई कसैले रोक्न सक्ने छैन ।
मिति: ११ पुष, २०८१
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री तथा सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google