यथास्थितिमा बजेट पारित हुन नदिने एकीकृत समाजवादीको निर्णय

दर्पण दैनिक ७ असार २०८०,१८:४३
post

काठमाडौं । गठबन्धन घटक नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि जानकारी गराउने निर्णय गरेको हो ।

उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले भने, ‘बैठकमा साथीहरूले अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि कुरा राख्नुस् गठबन्धनमा पनि कुरा गर्नुस् भन्नुभएको छ । दुई दिनअघि प्रधानमन्त्रीलाई भेटेर भनेको छु । परिवर्तन गरेर असन्तुलित बजेटलाई सन्तुलित बनाएरमात्र मात्र बजेट पास गर्नुपर्छ ।’

उनले शेयर मार्केट, घरजग्गाको कारोबारलगायतको विषयमा दैनिक संशोधन भइरहेकोले परिवर्तन हुनै नसक्ने भन्ने नरहेको बताए ।

‘१३८ जनाभन्दा  बढि भोट हाल्नेवाला छौं यही अवस्थामा भोट हाल्न सकिन्न भनेर हामी भोट हाल्नेले बजेट संशोधन गर्नुस् भनेपछि त गर्नुपर्‍यो नि’, पाण्डेको भनाइ छ ।

बजेट गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित भएको साथै नेकपा एसले सम्हालेको मन्त्रालयमाथि विभेद गरिएको भन्दै पार्टीका नेता र सांसदले तीव्र असन्तुष्टि पोख्दै आएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: