सभापतिज्यू, देशको समाजिक अवस्था बिग्रँदैै छ : चन्द्र भण्डारी

दर्पण दैनिक ८ आश्विन २०८०,१४:३७
post

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देश सामाजिक द्वन्द्वसँगै राजनीतिक र आर्थिक भुमरीमा फस्न लागेको चेतावनी दिएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले देशको सामाजिक अवस्थासँगै राजनीतिक र आर्थिक क्षेत्रमा समस्या आउनु सामान्य विषय नभएको बताए ।

'सभापतिज्यू, देशको समाजिक अवस्था बिग्रँदैै छ भने राजनीतिक तथा आर्थिक क्षेत्र पनि समस्याका भुमरीमा फस्दै छन्,' भण्डारीले भने, 'कांग्रेस यसमा बोल्यो भने चित्त नबुझेर हामीलाई धेरैले छोड्न सक्छन् । बोल्दै नबोले यो बोल्दो नै रहेनछ भनेर छाड्न सक्छन् ।'

उनले सामाजिक अवस्था विशेष जटिल बनिरहेको उल्लेख गरे । अरूकै निर्देशन वा स्वार्थमा यस्तो भइरहेको उनको भनाइ छ ।

समयमै रोक्न नसके त्यो समाधान दिन नसकिने समस्याका रूपमा देखापर्ने उनले बताए । 'पहिलो, हाम्रो सामाजिक अवस्थामा भारतको अयोध्या/बाबरी मस्जिद र मणिपुरको जस्तो अवस्था धरानमा देखिँदै छ,' उनले भने, 'यसमा समयमा एउटा निर्णय गर्नुपर्छ, जसले सबै नागरिकलाई एकसाथ राख्न सकोस् ।'

शिक्षा क्षेत्रको समस्या पनि उनले उल्लेख गरे । 'गरिबका छोराछोरीले सीएमए, स्टाफ नर्स र एनए पढ्ने २६७ कलेज बन्द भएका छन्,' भण्डारीले भने, 'भारतीय सीमामा डेढ सय बढी कलेजहरू खोलिएका छन् । नेपाली गरिबका छोराछोरीहरू त्यहाँ जान बाध्य छन् ।'

उनले युवाले रोजगारी नपाउने  र पढ्न पनि नपाए त्यसले सामाजिक समस्या निम्त्याउने बताए । 'युवाहरूले पढ्न पाएन भने हतियार बोक्दैन ? विद्रोह गर्दैन ?,' प्रश्न गर्दै उनले भने, 'यसको सम्बोधन कसरी गर्ने ?'

स्वास्थ्य क्षेत्रका कारण जनता हरेक वर्ष गरिबीको चपेटामा परिरहेको भन्दै उनले राज्य भूमिकाविहीन भएर बस्न नपाउनेमा जोड दिए । 'आज जनताले स्वास्थ्योपचार गर्न नसकेर प्रत्यक वर्ष गरिबीको रेखामुनि जानेका संख्या बढिरहेको छ,' भण्डारीले भने, 'सबै क्षेत्रमा समस्या राखेर कसरी राष्ट्र निर्माण हुनसक्छ ।'

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गरिरहेका विषयमा समेत उनले प्रश्न उठाए । सबै कुरा लाइभमा गर्न नसकिने बताए । लाइभ कायम राखिए मुख्य कुरा नै नहुने उनको जिकिर छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: