मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

दर्पण दैनिक १४ चैत्र २०७९,०६:४२
post

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।  सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो । 

सोही बैठकबाट मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने नेताहरूको तयारी छ ।  दोस्रोपटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले यही चैत १० गतेसम्ममा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रिपरिषद् विस्तार हसन सकेको छैन । 

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थियो । तर, न्यूनतम साझा कार्यक्रमका लागि समय लाग्ने भएकाले पहिले मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९