
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट दुई वर्षअघि भएको विद्रोहलाई सही र सामयिक निर्णय भनेका छन् । काठमाडौंमा जारी स्थायी समिति बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट भएको विद्रोहको औचित्य पुष्टि गर्न पार्टीले नसकेको तथा नेता कार्यकर्तामा चरम निराशा छाएको बताएका थिए। उनले १६ पृष्ठ लामो दस्तावेज नै पेस गरेर पार्टी काम नलाग्ने अवस्थामा पुगेको जिकिर गरेका थिए ।
पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष नेपालले सबै विचार प्रस्तोताको जिज्ञासाको उत्तर दिएका हुन् ।
उनले बैठकमा उठाइएका महत्वपूर्ण विषयलाई केन्द्रीय कमिटीको बैठकमा पेस गर्ने गरी प्रतिवेदनमा समावेश गरिने जवाफ पनि नेताहरुलाई दिएका छन् । अध्यक्ष नेपालले अब पार्टीको तत्कालको मुख्य कार्यभार राष्ट्रिय महाधिवेशनमा जाने भएकाले त्यतै ध्यान केन्द्रित गर्न पनि नेताहरुलाई आग्रह गरेका छन् ।
‘स्थायी कमिटीका सबै सदस्यहरुले हामीले विद्रोह गरी नेकपा एकीकृत समाजवादी गठन गरेर बिल्कुल सही र सामयिक काम गरेका छौँ सर्वसम्मत धारणा राखेकोमा खुशी लागेको छ’, नेपालले भने, ‘हामीले विद्रोह गरेर सर्वथा उचित निर्णय गरेका हौँ। कम्युनिष्ट आन्दोलनभित्र हामी अगाडि आउन सक्ने निकै राम्रो विष्लेषण, तर्क र आधारहरुसहित सदस्यहरुले धारणा राख्नु भएकोमा धन्यवाद !’ अध्यक्ष नेपाले स्थायी कमिटीका सबै सदस्यहरुले यो पार्टी सशक्त बन्छ र बनाइछाडिन्छ भन्ने प्रतिवद्धतालाई समर्थन गरेका खतिवडाले बताए।
‘हाम्रो शक्ति कमजोर होइन, छैन र यो पार्टीसँग सशक्त वैल्कल्पिक शक्ति बन्ने निकै राम्रो ग्राउन्ड छ’, उनले भने, ‘हामीभन्दा विचार र ब्यवहारमा अरु को उत्कृष्ट छ ?’ उनले बैठकमा एमालेबाट भएको विद्रोहको औचित्य पुष्टि भएको पनि बताए। ‘यसलाई संख्यामा तुलना गर्नु हुँदैन। सख्या बढ्न समय लाग्छ । अबका दिन हाम्रो संख्या बढाउने काममा केन्दित गर्न तयारी गरिरहेका छौँ’, उनले भने, ‘केन्द्रीय कमिटीको बैठकले त्यो दिशानिर्देश गर्ने छ । हाम्रो पार्टीले संगठनको तीनै क्षेत्रमा काम गर्ने छ- सडक, संसद र सकार ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)
























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google