काठमाडाैं । नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बुधबार बस्ने बैठकमा विनियोजन विधेयक, २०८० निर्णयार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका हुन् ।
उनले बैठकमा अनिवार्य उपस्थित भएर विनियोजन विधेयकको पक्षमा मतदान गर्नसमेत निर्देशन गरेका छन् ।