अहिलेको गठबन्धन लम्ब्याउन पार्टी विभाजनसम्मको काम भयाे : माधव नेपाल

दर्पण दैनिक १ जेष्ठ २०८१,१५:१५
post

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन लम्ब्याउन पार्टी विभाजनसम्मको कसरत भएको बताएका छन् । मंगलबार ललितपुरमा केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन लम्ब्याउन​ नै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजित गराइएको दाबी गरेका हुन् । सबै पार्टीभित्र अन्तरविरोध गरेर गठबन्धनमा आफ्नो शक्ति स्थापित गर्न खोज्ने प्रयास भएको उनले बताए ।

उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्याएर निकाल्ने षडयन्त्रसम्म भएको अध्यक्ष नेपालले आरोप लगाए । उनले आफ्नो पार्टीका सन्दर्भमा पनि फुटको हल्ला चलाइएको भन्दै त्यसमा कुनै सत्यता नरहेको धारणा राखे । उनले राष्ट्रिय राजनीतिमा अहिले नै के हुन्छ भन्ने निश्चित नरहेको अवस्थामा सबै विषयलाई गम्भीरतापूर्वक हेर्नुपर्ने जिकिर गरे ।

मुलुकको राजनीतिक घटनाक्रमहरू आफूहरूले पत्रपत्रिकाबाट जानकारी पाउनुपर्ने अवस्था आएको भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टीलाई बेवास्ता गरे सोच्नुपर्ने अवस्था रहेको उल्लेख गरे ।

दुई दिनसम्म चल्ने नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा पेस हुने विभिन्न चारवटा दस्तावेजमाथि छलफल गर्दै पारित गर्ने तयारी गरेको छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post