काठमाडाैं । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता जमाजवादी पार्टी जसपालाई सघाउने निर्णय गरेको छ ।
कांग्रेस मुख्यालय सानेपामा आज बसेको कार्यसम्पादन समितिको बैठकले १० वैशाखमा हुने उपचुनावमा जसपालाई सघाउने निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए ।
बारा २ मा जसपाबाट अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने लगभग निश्चित छ । यहाँ जनमत पार्टीले शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेललाई उम्मेदवार बनाउँदैछ ।
सत्ता साझेदार लोसपाबाट राजेन्द्र महतो उम्मेदवार बन्ने चर्चा छ । एमालेले आज उम्मेदवार तय गर्दैछ ।