विश्वका विविध संकटसँग जुध्न युवा तयार हुनुपर्छ : नेता महर

दर्पण दैनिक २० बैशाख २०८२,१६:२२
post

काठमाडौं । विश्वले बेहोरिरहेका तीन वटा संकटसँग जुध्नका लागि युवाहरू तयार हुनु पर्नेमा नेपाली कांग्रेसका १५ औं महाधिवेशन महामन्त्री उम्मेवादार  नैनसिंह महरले जोड दिएका छन्।

कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको 'युथ भिजन २०३५ मा युवा सरोकार' विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

'तीन सकंट भनेका जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषण हुन्। विश्वले यी तीन विषयलाई महासंकटका रुपमा लिइरहेको छ। यी तीन वियको सन्तुलनमा ध्यान नदिएमा भोली विश्वले महासंकट बेहोर्नुपर्ने हुनसक्छ। त्यसैले विश्वले यी विषयमा सन्तुलन राख्न ग्लोवल पलिसी निर्माण आजको आवश्यकता हो ।र, युवा पुस्ता यो संकटसँग जुध्न सचेत हुनुपर्छ,' उनले भने।

प्राकृतिक र जैविक विविधता सन्तुलन नै अहिले आवस्यकता भएको उनको ठहर छ। 'जनसंख्या वृद्धिले जैविक विविधता भइरहेको छ। जलवायु परिवर्तन औद्योगिक करणले भइरहेको छ। यसले जमिन, वायु, जललगायत सबै क्षेत्र प्रदूषित तुल्याइरहेको छ। यसले नेपाल मात्र नभएर विश्वमै महासंकट ल्याउने आंकलन गरिदै छ ।त्यसैले यससँग जुध्नका लागि युवालाई दिइने शिक्षा पनि यसैको आधारमा हुनुपर्छ,' महरले भने ।नेपालका युवाका लागि स्थापना गरिएको सर्टीफिकेट धितो राखेर रिण लिने ब्यवस्थाको कार्यान्वयन नहुदा र युवा स्वरोगारको प्रभावकारिता नहुदा अन्यौलता थपिएको महरले भने ।

एउटा सिटिजन साइन्सका रुपमा युवाले प्राकृति संकटसँग जुध्न भूमिका निर्वाह गर्नुपर्ने र विज्ञान,प्रविधिको उचित ज्ञानले भरिपुर्ण हुनु पर्ने महरले औंल्याएका छन्। युवाले मेरो र मेरो सन्ततिको भविश्यका लागि भन्दै समाजमा सचेतना जागृत गर्नुपर्ने र आफैँ सक्रिय हुनुपर्ने महरले बताए।

नेपालले निर्माण गर्न लागेको युथ भिजन २०३५ ले यस्तो खाले संकटसँग जुध्न प्रस्ट खाका कोर्नुपर्ने उनको धारणा छ। 'अबको युवालाई प्रविधि युक्तसमेत बनाउनुपर्छ। जिएन्जी पुस्तालाई सक्षम बनाउन सरकारको नीति तथा कार्यक्रममा आएको बढ्दै पढाउँदै अवधारणालाई समेत कार्यान्वयन गर्नुपर्छ,' उनले भने।

युवाका लागि चाहिने खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार ,मनोरञ्जन राज्यले दिनुपर्ने महरले बताए। युवा पनि राष्ट्र प्रेमले ओतप्रोत हुन आवस्यक रहेको उनले औंल्याए। 'दिनहुँ समय फेरिँदो। आधुनिकिकरण बढ्दो छ। युवालाई सोही अनुरुपको शिक्षा दिँदै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको हुन प्रेरित गर्नुपर्छ। र, उनीहरूलाई वातावरण सन्तुलनमा पनि प्रेरित गर्नुपर्छ,' महरले भने।

उनले पाठ्यक्रम नै युवा मैत्री हुनुपर्ने बताएका छन्। विश्वमा व्याप्त समस्या समाधानमा युवाहरूले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने ज्ञान पाठ्यक्रममै समाविष्ट हुनुपर्नेमा महरको जोड छ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: