भीम रावलकाे आलाेचना गरेपछि एमालेकाे मञ्चमा कुर्सी प्रहार

दर्पण दैनिक १४ चैत्र २०७९,११:३६
post

अछाम । अछाममा नेकपा एमालेका नेता भीम रावलको पक्षमा नारा लगाउँदै उपाध्यक्ष विष्णु पौडेल उपस्थित रहेको कार्यक्रम विथोलिएको छ । सोमबार उपाध्यक्ष पौडेलसहित प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत नेताहरू उपस्थित रहेकाे कार्यक्रममा रावलकाे विराेध भएपछि कार्यकर्ताले कार्यक्रम नै विथाेलेका हुन् । कार्यक्रम विथाेलिकाे भिडियाे सामाजिक सञ्जालमा छरपस्ट भएकाे छ । एमालेका नेताहरू विरूद्ध नारावाजि गरेकाे भिडियाेमा सुन्न सकिन्छ ।

पार्टीको आन्तरिक कार्यक्रममा एमाले नेता भीम रावलका सन्दर्भमा कसैले केही नबोल्ने सहमति शीर्ष तहमा भएकाे थियाे । तर उक्त सहमतिविपरीत नेता पदमराज जाेशीले मन्तव्यका क्रममा रावलकाे विराेध गरेपछि रावल पक्षधर कार्यकर्ताहरूले नाराबाजी गर्दै मञ्चमा कुर्सी प्रहार गरेका थिए ।

साँफेबगरस्थित खाद्य गोदामको हलमा आयोजित कार्यक्रममा असामान्य अवस्था भएपछि कार्यक्रम नै स्थगित भएको थियो । पछि जोशीले रावलका सन्दर्भमा आफूले बोलेका शब्द फिर्ता लिएपछि कार्यक्रम सुचारु भएकाे थियाे । 

तर उपाध्यक्ष पौडेलले पनि रावलका सन्दर्भमा कुरा सुरु गर्नै लाग्दा पुनः नाराबाजी भएकाे थियाे । यसैबीच उपाध्यक्ष पाैडेलले आफूमाथि गलत आराेप लगाएकाे भन्दै नेता रावलले आपत्ति जनाएका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: