एमाले ललितपुरको नवौँ अधिवेशन : खुल्ला कार्यक्रम नगर्ने, यस्तो छ तालिका

दर्पण दैनिक २ चैत्र २०८०,१९:५५
post

सन्तोष दहाल, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुरको नवौँ अधिवेशन यही चैत्र २३ देखि २५ गतेसम्म आयोजना हुँदैछ । आजभोली जिल्ला पार्टी कार्यालय सातदोबाटो पुग्दा अधिवेशन तयारीको चहलपहल बढ्दै गईरहेको देख्न सकिन्छ । नवौँ अशिवेशनले आगामी तीन वर्षका लागि पार्टीको अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव सहित १२० सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्नेछ । अधिवेशन तयारीस्वरुप पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४ सय ७५ सदस्यीय मूल आयोजक समिति तथा अन्य विभिन्न उपसमितिहरु गठन भएका छन् ।

तीन दिनसम्म चल्ने अधिवेशनमा यसपटक खुल्ला रुपमा उद्घाटन लगायतका कार्य नहुने आयोजकले जानकारी दिएको छ । विगतका अधिवेशनहरुमा उद्घाटनको दिन विभिन्न स्थानबाट जुलुस तथा र्याली सहित खुल्ला ठाउँमा कार्यक्रम गर्ने गरेकोमा यसपटक कुनै पार्टी प्यालेसमा उद्घाटन सत्रसहित बन्दसत्र तथा निर्वाचनको कार्यक्रम गरिने अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए ।

उनका अनुसार २३ गते उद्घाटन समारोहका दिन ११ बजेबाट सुरु हुने कार्यक्रम ४ बजेसम्म चल्नेछ भने सोही दिन ५ बजेदेखी ७ बजेसम्म बन्दसत्र चल्नेछ । बन्दसत्रमा पार्टीको तर्फबाट प्रतिवेदनहरु प्रस्तुत हुने तथा सोमाथी छलफल चल्नेछ । २४ गते बिहान ८ बजेदेखी निरन्तर रहने उक्त प्रक्रिया २ बजेसम्म प्रतिनिधिहरुबीच  छलफल चल्नेछ भने २ बजेपछि निर्वाचन प्रक्रिया सुरु गरिनेछ । सोही दिन उम्मेदवार मनोनयन, मतदाता नामावली प्रकाशन तथा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया पूरा गरी २५ गते ८ बजेबाट मतदान प्रक्रिया सुरु गरिने आचार्यको भनाई छ । मतदान विद्युतीय भोटिङ मेसिनमार्फत गरिने उनले बताए । सोही दिन मतदान सम्पन्न गरी नतिजासमेत सार्वजनिक गरिनेछ ।

अधिवेशन प्रचारको लागि जिल्लाका ७१ वटै वडाका मुख्य स्थानमा प्रचार ब्यानर राख्ने तयारी भएको प्रचार उपसमितिका संयोजक ब्रह्मानन्द श्रेष्ठले बताएका छन् । साथै पार्टीका सबै जनसंगठनलाई बजारका प्रमुख ठाउँहरुमा ब्यानर तथा गेट निर्माण गर्न जिम्मेवारी दिने उनको भनाई छ । अधिवेशन मूल आयोजक समितिले आगामी चैत्र १५ गतेसम सबै भूगोल तथा क्लस्टरबाट आउने प्रतिनिधिको टुंगो लगाईने बताईएको छ ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: