काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार बस्ने भएको छ । बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।
संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो ।
सो भेटवार्ता पछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रवार (भोलि) बिहान ९ बजे बैठक बस्ने जानकारी दिए ।
याे पनि : रोकियो उच्चस्तरीय संयन्त्रको बैठक