काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा विधान संशोधनबारे बहस सुरु भएको छ । ललितपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा विधान संशोधनबारे यसअघि सचिवालय बैठकमा उठेका विकल्पमाथि छलफल हुँदैछ ।
बैठकमा केन्द्रीय सदस्यहरूसँग सुझाव माग्नका लागि तयार गरेको प्रश्नावलीमा केन्द्रीय कमिटी/केन्द्रीय निकाय र मातहत कमिटीका सदस्यहरू महाधिवेशनमा स्वतः प्रतिनिधि हुने र बाँकी चुनिने वा सबै क्षेत्रबाट चुनाव भएर प्रतिनिधि छानिने भन्ने विषय उल्लेख छ । यो प्रश्नावली केन्द्रीय सदस्यहरूलाई वितरण गरिएको छ ।
त्यस्तै, कमिटीहरूका संख्या कति बनाउने ?, कमिटीमा कति तहको संरचना राख्ने, पदाधिकारी कति सदस्य हुने लगायतका प्रश्नहरूमाथि निर्णय लिने तयारी एकीकृत समाजवादीको छ ।
प्रश्नावली
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
केन्द्रीय कमिटीको सातौँ बैठक
२०८० पौष ११-१३
विधान संशोधनका लागि प्रश्नावली
महाधिवेशन/अधिवेशनका प्रतिनिधि कसरी चयन गर्ने ?
(क) केन्द्रीय कमिटी, केन्द्रिय निकाय र मातहत कमिटीका सदस्यहरु महाधिवेशन वा अधिवेशनमा स्वतः प्रतिनिधि हुने र बाँकी प्रतिनिधि निर्वाचित भएर आउने ।
वा
(ख) केन्द्रीय कमिटी, केन्द्रीय निकाय र मातहत कमिटीका सबै सदस्यहरु तोकिएको निर्वाचन क्षेत्रबाट प्रतिनिधि निर्वाचित भएर महाधिवेशन वा अधिवेशनमा सहभागी हुने ।
(ग) अन्य केहि भए :
केन्द्रीय सङ्गठनात्मक संरचना कस्तो बनाउने ?
(क) राष्ट्रिय महाधिवेशन-केन्द्रीय परिषद् - केन्द्रीय कमिटी - केन्द्रीय आयोग- केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च ।
वा
(ख) राष्ट्रिय महाधिवेशन-केन्द्रीय कमिटी-केन्द्रीय आयोग - केन्द्रीय सल्लाहकार परिषद - केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च - केन्द्रीय परिषद् ।
(FT) अन्य केहि भए :
केन्द्रीय परिषद् कस्तो बनाउने ?
(क) महाधिवेशनबाट प्रत्यक्षरुपमा निर्वाचित हुने केन्द्रीय परिषद्,
वा
(ख) पदेन, निर्वाचित र मनोनित सदस्य रहने केन्द्रीय परिषद ।
(ग) अन्य केहि भए :
कमिटीहरु कति संख्याका बनाउने ?
(क) केन्द्रीय कमिटी -
(ख) प्रदेश कमिटी-
(ग) जिल्ला कमिटी-
(घ) पालिका कमिटी-
...महानगर.......
. उपमहानगर
..नगर.... गाउँ..
(ङ)
वडा
-
नगर वडा...... गाउँ वडा.....
(च) अन्य केहि भए :
नेतृत्व चयन कसरी गर्ने ?
(क) महाधिवेशन/अधिवेशनका प्रतिनिधिहरुले केन्द्रीय परिषद तथा सम्बन्धित तहका परिषद् सदस्यहरु निर्वाचित गर्ने र ती परिषदका सदस्यले सम्बन्धित कमिटीका सदस्य तथा पदाधिकारीको निर्वाचन गर्ने ।
वा
(ख) महाधिवेशन/अधिवेशनबाट केन्द्रीय तथा मातहत कमिटीका सदस्य निर्वाचित गर्ने र कमिटीका सदस्यले पदाधिकारी चुन्ने ।
वा
(ग) महाधिवेशन/अधिवेशनबाट प्रत्यक्षरुपमा पदाधिकारी र सदस्य निर्वाचित गर्ने ।
अन्य केहि भए :
कमिटीमा कति तहका संरचना राख्ने ?
(क) केन्द्रीय कमिटी - पोलिटब्युरो-स्थायी कमिटी - सचिवालय ।
(ख)
वा
केन्द्रीय कमिटी-पोलिटब्युरो-स्थायी कमिटी |
वा
केन्द्रिय कमिटी - स्थायी कमिटी-सचिवालय
मातहत कमिटीमा सम्बन्धित कमिटी सचिवालय - कार्यालय ।
वा
किनकी
सम्बन्धित कमिटी सचिवालय
-
अन्य केहि भए :
प्रदेशमा आयोगहरु
राख्ने..
नराख्ने
ए.
युवा समावेशीता कसरी सुनिश्चित गर्ने ?
(क) केन्द्रीय कमिटीमा २५ देखि ४० वर्षका युवाको सहभागिताको प्रतिशत सुनिश्चित गर्ने
नगर्ने ? गर्नु पर्ने भए कति प्रतिशत ?
प्रतिशत
(ख)
अन्य केहि भए :
कमिटीमा रहने पदाधिकारी तथा सदस्यको उमेर हद राख्ने कि नराख्ने ?
राख्ने हो भने कति राख्ने ?
अन्य केहि भए :
११. कमिटीका पदधिकारीको सङ्ख्या कति राख्ने ?
(क) केन्द्रीय कमिटी
उपाध्यक्ष..
.उपमहासचिव..... . सचिव..
अन्य केहि भए :
(ख)
प्रदेश कमिटी
उपाध्यक्ष
.उपसचिव...
(ग)
स्थानीय कमिटी
उपाध्यक्ष.....उपसचिव....
यस बाहेक विधानका बारेमा तपाइँलाई लागेका अन्य कुराहरु भएमा :
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google