काभ्रेका शिवप्रसाद हुमागाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

दर्पण दैनिक ४ आश्विन २०८०,१४:५६
post

काभ्रे । नेपाली कांग्रेस काभ्रेको राजनीतिमा लामो समय क्रियाशिल पुर्व जिल्ला सभापति शिवप्रसाद हुमागाई नेपाली कांग्रेस केन्द्रीय सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले हुमागाईसहित ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

महाधिवेशनबाट निर्वाचित नभएका महाधिवेशन प्रतिनिधिहरूबाट ३३ केन्द्रीय सदस्य देउवाले मनोनीत गर्न पाउँछन् । यसअघि नै धेरै जना मनोनीत गरिसकेका देउवाले बिहीबार आठ केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

कांग्रेसको विज्ञप्तिमा भनिएको छ 'नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ ।'


को हुन् शिव हुमागाई ?

२०३६ सालमा विधार्थी आन्दोलनबाट राजनीति शुरु गरेका हुमागाईले २०४० देखि २०४६ सम्म नेपाल विद्यार्धी संघ जिल्ला सभापतिको रुपमा समेत नेतृत्व सम्हालेका थिए । २०४८ देखि २०५१ सम्म काभ्रे क्षेत्र नं ३ को सभापति र जिल्ला सभापतिको भुमिका निर्वाह गरेका हुमागाईले १५ बर्ष काभ्रे जिल्लामा पार्टीको नेतृत्व गरेका थिए ।

२०५६ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुमागाईले २०५९ सालमा केन्द्रीय संगठन विभागको सदस्य सचिव भएर पनि काम गरेका थिए । पटक पटक जेल जीवन विताएका हुमागाईकै नेतृत्वमा २०६२-६३ सालको जन आन्दोलनमा बागबजारमा कर्फ्यु तोडिएको थियो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: