उपनिर्वाचन : गठबन्धनका उम्मेद्वार जिताउन अपिल

दर्पण दैनिक २२ चैत्र २०७९,०६:३०
post

काठमाडौं । आगामी वैशाख १० गते हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई जिताउन पाँच दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् । गठबन्धन दलका तर्फबाट तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा कांग्रेसकै जीतनारायण श्रेष्ठ र बारा–२ मा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन गठबन्धनका पाँच दलले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेका हुन् । ती सबै उम्मेद्वारहरूले उम्मेद्वारी दर्ता गराइसकेका छन् ।

मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । तर, गठबन्धनमै रहे पनि जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ लगायतको भने हस्ताक्षर छैन ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९