सर्वोच्च अदालतले कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।
गुरुङ भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा दोषी ठहर भएका थिए । भ्रष्टाचारसम्बन्धी मुद्दा चलिरहेकै अवस्थामा उनी गत वर्ष भएको आमचुनावमा मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, भ्रष्टाचार मुद्दा परेपछि सांसद स्वतः निलम्बन हुने व्यवस्थाअनुसार उनी निलम्बित थिए । विशेष अदालतले सो भ्रष्टाचासम्बन्धी मुद्दामा उनलाई दोषी ठहर गर्दै आर्थिक जरिवानाको फैसला गरेको छ ।
विशेषको फैसलापछि आफ्नो निलम्बन फुकुवाको माग गर्दै गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले विशेषले आफूलाई आर्थिक सजाय मात्र तोकेको जेल सजाय नतोकेको भन्दै निलम्बन फुकुवा गर्नुपर्ने जिकिर गरेका थिए । सर्वोच्चले निवेदकको मागअनुसारै रिट जारी गरेको हो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google