काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ ।
यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको लोसपाले सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो ।
स्थानीय जनताको माग आफू बारा- २ बाट चुनाव लड्नुपर्छ भन्ने भए पनि पार्टी र गठबन्धनले यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेकाले महताेले त्यसलाई मान्न तयार भएका हुन् ।