
काठमाडाैं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान गर्न संयुक्त वक्तव्य जारी गर्ने भएका छन् । सत्ता पक्षीय गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले आफ्ना उम्मेदवारलाई मतदान गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।
'मतदाताहरूसँग गठबन्धनका उम्मेदवारको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताज्यूहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने,’ समितिको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिले गठबन्धन उम्मेदवारको पक्षमा मतदातासँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने ।’
समितिको पुस २५ गतेको निर्णयअनुसार सात वटै प्रदेशबाट राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति– २०८० गठन भएको विवरण र जिल्लाहरूमा पनि समिति गठन भइरहेको जानकारी प्राप्त भएको पनि जनाएको छ ।
रमेश लेखक संयोजकत्वको समितिले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको सचिवमा अधिवक्ता केशवराज जोशीलाई चयन गर्ने निर्णय पनि गरेको छ । आगामी माघ ११ गते सातवटै प्रदेशमा १९ राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपासहितका सत्तारूढ दलले सहमतिमा उम्मेदवार उठाएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google