काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अफर नआएको दाबी गरेका छन् ।
शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न कुनै अफर नगरेको दाबी गरेका हुन् ।
यसअघि लामिछानेलाई ओलीले वर्तमान सरकार ढालेर प्रधानमन्त्री बन्न अफर गरेको विषय बाहिर आएको थियो ।
तर लामिछानेले रास्वपा सरकार बनाउने वा ढाल्ने खेलमा लग्ने भन्दा पनि जनताको आवाज बनेर राजनीतिक मैदानमा खडा हुने बताए ।