काठमाडाैं । आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएकाे छ । गठित 'स्वयंसेवक परिचालन उपसमिति' मा ५ जना सदस्य चयन गरिएका छन् ।
यी हुन् स्वयंसेवक परिचालन उपसमितिमा रहने सदस्यहरू
१. उषा राउत मिश्र, अध्यक्ष—नेपाल महिला संघ, केन्द्रीय तदर्थ कार्यसमिति ।
२. विद्धान गुरुङ, अध्यक्ष—नेपाल तरूण दल, केन्द्रीय तदर्थ कार्यसमिति ।
३. दुजाङ शेर्पा, अध्यक्ष— नेपाल विद्यार्थी संघ, केन्द्रीय तदर्थ कार्यसमिति ।
४. मेघराज टण्डन, अध्यक्ष—नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसमिति ।
५. देवेन्द्रकुमार शेरचन, अध्यक्ष—नेपाल लोकतान्त्रिक खेलकूद संघ, केन्द्रीय तदर्थ कार्यसमिति ।