देशमा अस्थिरता पैदा गर्ने शक्तिकाे प्रतिवाद गर्न तयार हुनुपर्छ : अध्यक्ष नेपाल

दर्पण दैनिक २ मंसिर २०८०,१४:०३
post

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको भन्दै त्यसलाई प्रतिवाद गर्नका निम्ति मानसिक र भौतिक रुपमा तयार हुनुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित लेखा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षणको उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

मंसिर ७ गते दुर्गा प्रसाईंसहितका व्यक्तिहरुले काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने नाममा व्यवस्था र संविधानमाथि धावा बोल्ने प्रयत्न भएकोतर्फ इंगित गर्दै उनले भने, ‘व्यवस्थामाथि नै चुनौति दिने कुरा स्वीकार्य छैन ।’ आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान २०७२ तथा विभिन्न जनआन्दोलनबाट हासिल सम्पूर्ण उपलब्धीहरुको रक्षाका निम्ति जुनसुकै मूल्य चुकाउन तयार रहेको बताए । उनले भने, ‘संविधान र गणतन्त्रको पक्षमा हामी जनताको माझमा जान्छौं, हामी त्यसका लागि जनताको शक्तिलाई परिचालित गर्न चाहन्छौं ।’

उहाँले ०६२–६३ को जनआन्दोलनअघि पनि जनता राजनीतिक दलको साथमा नरहेको हौवा पिटिएको भन्दै आफूले नेतृत्व गरेको तत्कालिन एमालेले नै जनताको शक्तिलाई गाउँगाउँमा गएर परिचालन गरेको फलस्वरुप जनआन्दोलन सफल भएको दाबी गरे । उनले भने, ‘फेरि पनि व्यवस्थामाथि चुनौति खडा भए हामी जनतामा जान्छौं ।’


मंसिर ७ कै दिन एमालेले पनि आफ्नो युवा संघमार्फत प्रदर्शनको कार्यक्रम तय गरिएकोलाई अध्यक्ष नेपालले गलत भन्नुभएको छ । उक्त दिनको कार्यक्रमलाई मध्यनगर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूसहितका अन्य राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न बोलाएको अध्यक्ष नेपालले जानकारी दिए ।

भर्खरै चीन सरकारको निमन्त्रणामा त्यहाँका विभिन्न भूभागको भ्रमणका क्रममा चीन सरकारले गरेको स्वागत र सत्कारको उनले प्रशंसा गरे । उनले भने, ‘म यसअघि प्रधानमन्त्री हुँदा र पार्टी नेताकै हैसियतले चीन जाने गरेको थिएँ, तर यति महत्वका साथ स्वागत गरिएको थिएन ।’ उक्त स्वागतलाई आफ्नो पार्टीप्रति चीन सरकार र त्यहाँको कम्युनिष्ट पार्टीले दिएको महत्वका रुपमा बुझ्नुपर्ने उनले बताए । 

अध्यक्ष नेपालले यसपटक गरेको चीन भ्रमण २०औं रहेको बताए । चीन सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित जनताको राहतका निम्ति दिएको ५० लाख युआन सहयोगमा आफ्नो पार्टीको भूमिका रहेको उल्लेख गर्दै उक्त रकम हस्तान्तरणका क्रममा प्रमुख चार दलका नेतालाई बोलाएको जानकारी दिए ।

चीन सरकारले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) को प्रशंसा गर्दै अध्यक्ष नेपालले त्यसमा नेपालको सहभागिताका निम्ति कुनै हिच्किचाहट पाल्न नहुने अध्यक्ष नेपालले बताए बताए । उनले भने, ‘कतिपयले नेपाल बिआरआईमा सहभागी नहोस् भन्ने चाहेका छन्, तर म अनुरोध गर्न चाहन्छु हामीलाई जसले सहयोग गर्न चाहन्छु, त्यस्तो सहयोग लिन तयार हुनुपर्छ ।’ उनले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाभिमानमा अलिकति पनि आँच नआउने गरी कुनै पनि देशले गर्ने सहयोग स्वीकार्नुपर्ने बताए । उनले भने, ‘पारस्परिक हितका आधारमा सहयोग लिनुपर्छ ।’ चीनले आफ्नो पार्टीसँग बलियो सम्बन्ध बनाउन चाहेको कुरालाई लिएर केही व्यक्तिहरु आत्तिएको भन्दै अध्यक्ष नेपालले भने, ‘आत्तिनुपर्ने कुनै कारण छैन ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: