काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार काण्डहरु छानबिन गर्नका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्नुपर्ने बताएका छन् । दल विशेषका शीर्ष नेताहरुले चिनेको व्यक्तिको नेतृत्वमा नभई पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा छानबिन भएमात्र निष्पक्ष ढंगले न्याय दिन सक्ने उनको भनाइ छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका केसीले भने, ‘संसदमा उठेका, पक्ष, विपक्ष, प्रतिपक्षले उठाएका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नका लागि प्रचण्डजीले चिनेको होइन, शेरबहादुर जीले चिनेको होइन, ओली जीले चिनेको होइन, नेपाली जनताले चिनेको, निष्पक्ष ढंगको न्याय दिनसक्ने पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि पाँच जनासम्मको शक्तिशाली समिति गठनका लागि हामी सहमतिमा पुगौं ।’
भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा पनि उनले राखे । यसो गर्दा भ्रष्टाचार नियन्त्रणमा सहयोग हुने उनको विश्वास छ । सत्तामा पुगेको व्यक्तिले भ्रष्टाचार गरेर रकम थुपारेको भ्रम फैलाइएको भन्दै उनले त्यसलाई नियन्त्रणका लागि पनि पाँच सय र एक हजार दरका नोट प्रतिबन्ध लगाउनुपर्ने धारणा राखे ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google