वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्छ : झलनाथ खनाल

दर्पण दैनिक ३ आश्विन २०८१,१३:५३
post

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सिर्जना गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न समाजवादको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । जनता र राष्ट्रका समस्याहरू पुँजीवादले समाधान गर्न नसक्ने बताउँदै उनले संविधानका प्रगतिशील पक्षहरू लागू गरेर देश विकास गर्न संविधानमा उल्लिखित समाजवादलाई कार्यान्वयन गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए ।

देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिएकाले राष्ट्रियतामाथिको संकट देखापरेकामा चिन्ता व्यक्त गर्दै नेता खनालले भने, ‘वर्तमान संविधान जारी भएपछिका यी नौं वर्षमा आठ वटा नीति तथा कार्यक्रम, नौं वटा वार्षिक बजेट र दुई वटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकांक्षा सम्बोधन हुन सकेको छैन । देशको पछिल्लो परिस्थितिले जनतामा निराशा सिर्जना भएकाले आगामी दिनमा सबैको सहकार्यबाट संविधान कार्यान्वयनमा अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ पूर्व प्रधानमन्त्री खनालले संविधानका प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै संविधानलाई पश्चगमनतर्फ लैजानबाट रोक्न आग्रह गरे ।
 

यस्ताे छ, खनालकाे शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१को हार्दिक शुभकामना ।।
हामीले जनताको कठोर संघर्ष, ठुलठुला बलिदान र दिर्घ त्याग र तपस्या पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको ९ वर्ष पार भएको छ र हामी आज फेरि  संविधान दिवस मनाइरहेका छौं । यस पुनित अवसरमा म सम्पूर्ण परिवर्तनप्रेमी, लोकतन्त्रप्रेमी र समाजवादप्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अझ व्यापक अग्रगति, प्रगति र समृद्धिका निम्ति हार्दिक शुभकामना प्रकट गर्दछु ।
आदरणीय दिदीबहिनी दाजुभाइहरू !! 
बर्तमान संविधान जारी भए पछिका यी ९ वर्षमा हामीले ९ वटै नीति कार्यक्रम, ९ वटै वार्षिक बजेट र २ वटा पञ्चवर्षीय योजनाहरू लागू गरिसकेका छौं  र विकास निर्माणको नाममा खरबौ खरब मुलुकभित्र खन्याई सकेका छौं । तर छातीमा हात राखेर हेरौँ यो देशमा श्रमजीवी जनताको जीवनमा परिवर्तन भएन, यो देशका किसान जनताको जीवनमा कुनै परिवर्तन भएन, यो देशका निम्न वर्गीय र यहाँ सम्म कि निम्न मध्यम वर्गीय जनताको जीवनस्तरमा पनि खास परिवर्तन आउन सकेन । 
“ठूला हौँ” भन्ने पार्टीका नेताहरू !! 
आखिर कहाँ बगेर गयो त्यत्रो विपुल बजेटको लगानी ? किन मुठ्ठीभरका माथिल्ला वर्गका भ्रष्टाचारी, तस्कर, कालाबजारी र दलाल पुँजीपतिहरू मात्र करोडपतिबाट अरबपति खरबपति बन्दै गइरहेका छन ? यो देशका ठूला हौ भन्ने पार्टीका नेतृत्व पंक्तिका व्यक्तिहरू कसरी काण्डै काण्डका माला भिरेर हिँडिरहेका छन् ? किन यो देशमा भूमि क्रान्ति, कृषि क्रान्ति, औद्योगिक क्रान्ति र निर्माण क्रान्ति हुन सक्तैन ? आखिर भ्रष्टाचार, बिरोजगारी र मंहगीको मारमा किन यो देशका श्रमिक जनता पिल्सिनु परिरहेको छ ? अनि किन हाम्रो देशका बेरोजगार युवाहरू र विद्यार्थीहरू समेत विदेशतिर ओहिरो लागेर जान बाध्य भइरहेका छन ? यति धेरै प्राकृतिक, सामाजिक र सांस्कृतिक साधन श्रोतले सम्पन्न देशलाई किन योजनाबद्ध रुपले जन आवश्यकता अनुरुपको विकास र निर्माणमा अघि बढाउन सकिएको छैन ? यहि संविधान अन्तर्गत एउटा पार्टीलाई दुईतिहाइ बहुमत प्राप्त हुँदा पनि किन यी काम गर्न सकिएन ?
यी प्रश्नहरूको जवाफ ठूला पार्टीका नेताहरूसँग छैन । यसर्थ अरु कुनै कारण छैन । आज देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यो ठूला पार्टीहरूका नेतृत्वमा रहेको दिशाहिनता, लक्ष्यहिनता, अकर्मण्यता, आत्मकेन्द्रित स्वार्थीपन, भ्रष्ट आचरण, सत्तालोलुप्ता, दम्भ, घमण्ड र सर्वोपरि रुपमा सिद्धान्तहिनता, नैतिकहिनता र निष्ठा विहिनताको अनिवार्य परिणाम हो । वर्तमान संविधानको भाग ४ मा उल्लेखित कामहरूलाई मात्र पनि ठीक ढंगले लागू गरेको भए आज देश धेरै अघि बढी सक्ने थियो । त्यसैकारण आज हाम्रो देशका युवा र आम जनता वर्तमान संविधानका प्रगतिशील पक्षहरू किन लागू भएनन् ? तिनीहरूलाई लागू गर्न ठूला पार्टीहरूलाई केले रोक्यो ? आज किन उनीहरू “संविधान संशोधनको हल्ला” मच्चाइरहेका छन ? यी प्रश्नमा बिचार गदैछन र उनीहरु त्यसैले के निष्कर्षमा पुग्दैछन् भने अब देशमा दलाल पुँजीवादको रजगजलाई चुपचाप हेरेर हुँदैन । जनता र राष्ट्रका समस्याहरू दलाल पुँजीवादले समाधान गर्न सक्तैन । त्यसले देशलाई हर दिन चौतर्फि संकटतिर लागिरहेछ । देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिदै गइरहेछ । राष्ट्रियता माथिको संकट त्यति कै चर्को बनिरहेछ । विदेशी सेनाहरू अनेक बहानामा हाम्रो मातृभूमिका छातीमा बुट बजार्न थालेका छन । आम जनतामा असन्तोष, विरोध र आक्रोश उम्लिरहेको छ । उनीहरू समाजवाद र समृद्धिको बाटो खोजिरहेका छन् । संविधानमा उल्लेखित समाजवाद कता हराइरहेको छ ? ठूला पार्टीका वक्तव्य र भाषणबाट किन समाजवाद गायब भइरहेछ ? आम जनता व्यग्रताका साथ समाजवाद खोजिरहेछन् । आजको भ्रष्ट प्रणालीको विकल्प खोजिरहेका छन् । संविधानमा उल्लेखित समाजवादको वास्तविक रूप खोजिरहेछन् ।
ठीक यहि बेला हाम्रो पार्टीले नेपाली विशेषताको समाजवादी कार्यक्रम अघि सारेको छ । त्यो कार्यक्रमले जनता, युवाहरू र बौद्धिक क्षेत्रको ध्यानलाई तीव्र रुपले आकर्षण गर्न थालेको छ र देशमा समाजवादी आन्दोलनको बिहानीले समाजमा आफ्ना रक्तिम प्रकाश छर्न थालेको छ । 
त्यसैले समाजवादका निम्ति संघर्षरत क्रान्तिकारी साथीहरू तथा आम जनसमुदायहरू ! आउनुहोस ! संविधानमा उल्लेखित प्रगतिशील र समाजवादी पक्षलाई केलाऔँ, ती पक्षहरूको रक्षाका निम्ति दृढतापूर्वक खडा होऔं । संविधानलाई पश्चगमन तर्फ लानबाट रोकौं । ठुला पार्टीहरुका जनता झुक्याउने नीतिहरूको भण्डाफोर गरौं, वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सृर्जना गरौं र वर्तमान संविधानलाई ठूला पार्टीहरूको खेलौना बन्न नदिऔँ, यसलाई नेपाली जनताको आकांक्षा अनुरूप समाजवादको उचाइतिर अघि बढाऔं । आजको संविधान दिवसले तपाईं हामीसँग यहि कुराको माग गरिरहेको छ ।
मिति: ३ असोज, २०८१
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा
सम्मानित नेता
नेकपा(एकीकृत समाजवादी

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: