
कोशी । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार पदबाट राजीनामा दिएका छन् । बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका रानाले शुक्रबार नै राजीनामा बुझाउन लागेका थिए र मुख्यमन्त्री कार्कीको समय पाएका थिएनन् ।
शुक्रबार मुख्यमन्त्री कार्कीले एमालेको सहमतिबिना गठबन्धन दलहरू माओवादी र एकीकृत समाजवादीबाट एकएक जना मन्त्री नियुक्त गरेका थिए ।
एमालेले प्रदेश सरकारमा आफू र कांग्रेसको मात्र सरकार बन्नुपर्ने भन्दै ५ मन्त्रालयमा दाबी गरेको थियो । सहमतिविपरीत सरकार विस्तार गरेको भन्दै उसले मन्त्री फिर्ता बोलाएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google