माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि, यी हुन् एजेन्डाहरू

दर्पण दैनिक १७ श्रावण २०८०,०८:१३
post

काठमाडाैं । नेकपा माओवादी केन्द्रको आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक, सांगठिनक र आगामी योजनासम्बन्धी प्रस्ताव पेस हुँदैछन् । एक वर्षपछि बस्न लागेको बैठकले ४ मंसिर २०७९ को प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन, सत्ता गठबन्धनमा भएको फेरबदल, सरकारका कामकारबाही, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा हुँदैछ।

त्यसैगरी, माओवादीले सांगठनिक रूपमा अस्तव्यस्त भएका कारण महाधिवेशनपछि नेताहरूको कार्यविभाजन गर्ने पनि तयारी रहेको छ । महाधिवेशनपछि डेढ वर्षसम्म नेताहरूको कार्यविभाजन हुन सकेको छैन । कार्यविभाजन गर्दा हरेक पालिकामा एक जना केन्द्रीय नेता पुग्ने गरी व्यवस्था गर्न खोजिएको छ ।

माओवादी केन्द्रले विधान अधिवेशन गर्ने तयारी गरेका कारण केन्द्रीय सदस्यलाई पालिकासम्म जोडेर ३ महिने अभियान चलाउन खोजेको हो । विधान अधिवेशन आउने कात्तिक वा मंसिरमा गर्ने तयारी रहेको छ ।

माओवादीमा विशेष महाविधेशन गर्ने चर्चा थियो । वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरूले पनि विशेष महाधिवेशन गर्न पार्टीमा दबाब बढाउन थालेका थिए । उक्त विशेष महाधिवेशन छल्न विधान महाधिवेशन गर्न लागिएको पनि चर्चा रहेको छ । केन्द्रीय समिति बैठकका एजेन्डालाई अन्तिम रूप दिन अहिले बिहान स्थायी कमिटी बैठक बस्दैछ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: