काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले विपक्षीहरूमाथि भइरहेको राजनीतिक प्रतिशोध नरोकिए सँधै चुप लागेर नबस्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकलाई सम्बोधन गर्दै सांसद झाले यस्तो चेतावनी दिएका हुन् । उनले पार्टी सभापति रवि लामिछाने र रेशम चौधरीप्रति गरिएको व्यवहार तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिन लागेको घटना नियोजित राजनीतिक प्रतिशोधको श्रृङ्खला भएको टिप्पणी गरेका छन् ।
उनले पछिल्लो समयमा भइरहेका राजनीतिक प्रतिशोधका घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको र गम्भिर भएर हेरिरहेको सांसद झाले बताए । उनले भने, ‘हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानकर्षण भएको र हाम्रो सरोकार रहेको कुरा पनि राख्न चाहन्छौं । हाम्रो पार्टी सभापतिप्रति भयो, हालसालै रेशम चौधरीप्रति भयो, माधवकुमार नेपाल ज्युको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं । अब के सीके राउतप्रति आक्रमण हुन्छ कि ? त्यसैलाई यसलाई हामी एउटा राजनीतिक प्रतिशोधको क्रमको रूपमा हेरिराखेका छौं । गम्भिरतापूर्वक लिइराखेका छौं । सधैं चुप लागेर बस्न सकिने अवस्था नरहन पनि सक्छ भन्न चाहन्छौं ।’ उनले जानकी जयन्तीको अवसरमा सार्वजनिक बिदा नदिइएको भन्दै आपत्ति समेत जनाएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google