काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले उनको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापति भीमबहादुर साउँदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको जानकारी दिए । डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै देउवाले अन्तिमपटक प्रतिनिधिसभा निर्वाचन लड्ने बताइसकेका थिए ।
देउवा डडेल्धुराबाट आठौँपटक संघीय निर्वाचन लड्ने तयारीमा रहेका हुन् । यसअघि उनी २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाटै विजयी भएका थिए । राष्ट्रियसभाको लागि भीमबहादुर साउँद र रगुवर भट्टको नाम सिफारिस गरिएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)









































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google