नेपाल निर्माण उद्योग परिषद ललितपुरको अध्यक्षमा कृष्ण केसी, सचिवमा सन्तोष खड्का

दर्पण दैनिक ३० श्रावण २०८१,२२:१७
post

ललितपुर । नेपाल निर्माण उद्योग परिषदको तेश्रो ललितपुर जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले बिकट भातृ संगठनको रुपमा रहेको परिषदको बुधबार सम्पन्न तेश्रो अधिवेशनले कान्तिपुर भ्याली कन्स्ट्रक्सनका कृष्ण केसीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । 

नेपाल निर्माण उद्योग परिषदका केन्द्रिय सचिवालय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज सोमराज तिमल्सिनाको अध्यक्षता तथा सङ्गठनका केन्द्रिय अध्यक्ष खोपनिधी लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य लगायत संगठनका विभिन्न कमिटिमा आबद्ध निर्माण उद्योगीहरुको सहभागिता रहेको थियो । 

अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष केसीसंगै शुभम कन्स्ट्रक्सनका शंकर उप्रेती उपाध्यक्ष, बुद्धभैरव निर्माण सेवा प्रालिका सन्तोष खड्का सचिव, गंगा कन्स्ट्रक्सनका राजकुमार राणा कोषाध्यक्ष रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा विकासमान तामाङ,अर्जुन केसी,माधव थापा,राजकुमार तिमल्सिना र पवन सुवेदी चयन भएका छन् । 

नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना व्यक्त गर्दै नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले निर्माण उद्योगीहरुको भूमिकाले देश विकासमा अतुलनीय भूमिका खेलेको भन्दै त्यसलाई पार्टीसँग जोडेर लानुपर्ने बताए  । नवनिर्वाचित सबैलाई परिषदका केन्द्रिय अध्यक्ष खोपनिधि लोहनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: