संसद्‌मा रघुजी पन्तले राजा वीरेन्द्रको विभिन्न स्त्रीसँग सम्बन्ध राखेको भनेपछि ताते ज्ञानेन्द्र शाही

दर्पण दैनिक २ चैत्र २०८१,१२:५१
post

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच संसद्‌मा भनाभन भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा शाहीले नियमापत्ति भन्दै समय मागेका थिए ।

तत्कालीन राजा वीरेन्द्र शाहले भारतको कोलकातामा विभिन्न स्त्रीसँग सम्बन्ध राखेको पन्तले उल्लेख गरे । त्यसबारे भारतीय प्रधानमन्त्रीले नेपालको राजाको तरिका ठिक नभएको बताएको उनले सुनाए ।

त्यसपछि शाहीले बोल्न सभामुख देवराज घिमिरेसँग समय मागे । पन्तले आफ्नो समयमा बोल्नुस् भन्ने जवाफ फर्काए । उनले भने, 'म इतिहासबाट साबित गर्न सक्छु । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाउ गरेर आएको जस्तो होइन ।'

शाहीले पन्तले गलत इतिहास सुनाएको जिकिर गरे । पन्तले आफ्नो बोल्ने समयमा ‘डिटर्ब’ नगर्न आग्रह गरे । शाहीले जे पायो त्यही भन्न मिल्छ ? भन्दै प्रश्न गरे । उनले भने, 'मैले बोलेको इतिहास गलत हो भने इतिहासको पुस्तक पढाएर साबित गरौँ ।'

त्यसपछि सभामुख घिमिरेले आफ्नो समयमा बोल्न आग्रह गर्दै पन्तको काटिएको समय थप गरे । थप समयमा पन्तले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाए । उनले सत्तापक्ष पनि सडकमा आउन नपरोस् भन्दै चेतावनी दिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: