काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार तेस्रो साता हुने भएको छ । पार्टीको शनिबार र आइतबार बसेको १७ औं स्थायी कमिटीको बैठकले महाधिवेशन आगामी असार १६ देखि २० गतेसमम्म गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
उनले भने,‘पार्टीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ गतेदेखि २० गतेसम्म सम्पन्न हुन गइरहेको छ । महाधिवेशनमा ४ वटा दस्तावेजमा छलफल हुने छ । राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, पार्टीको आगामी कार्यदिशालाई अभिव्यक्त गर्ने समाजवादी कार्यक्रम र विधान । यी चार वटा विषयमा बैठकमा स्थायी कमिटीका सदस्यहरुले आफ्नो धारणा राख्नुभयो ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google